समाचारमंगलबार, फाल्गुण २६, २०७१
“कि हाम्रा कुरा सुन्नुहोस् या हामीलाई कन्भिन्स गर्नुहोस्”
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रतिपक्षीसँगको अबको वार्ता अर्थपूर्ण हुने बताएका छन् ।
उनले सत्तापक्ष वार्ताका लागि गम्भीर भएकाले विपक्षी दल पनि सहमतिका लागि गम्भीर हुनुपर्ने बताए । उट्पट्याङ कुराले मात्र वार्ता निष्कर्षमा पुग्न नसक्ने भन्दै उनले विपक्षी मोर्चालाई आफ्नो बैठकमा व्यापक छलफल गरी सहमतिमा आउन आग्रह गरे ।
विपक्षी मोर्चाप्रति लक्ष्य गर्दै उनले भने, “कि हाम्रा कुरा सुन्नुहोस् या हामीलाई कन्भिन्स गर्नुहोस् ।” विपक्षी दल सकारात्मक बनेमा छिट्टै संविधान जारी गर्न सकिने उनले बताए ।
