समाचारमंगलबार, फाल्गुण २६, २०७१
केन्द्रीय कारागारका कैदी फरार
उपचारको क्रममा त्रिपुरेश्वर आँखा अस्पताल पुर्याइएका कैदी पासाङ शेर्पा फरार भएका छन् ।
डिल्लीबजार सदरखोरबाट उपचारका लागि शेर्पालाई त्रिपुरेश्वर पुर्याइएको थियो । लागू औषधको मुद्दामा सजाय काटिरहेका सिन्धुपाल्चोकका शेर्पालाई आँखामा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
प्रहरीलाई छक्याएर शेर्पा फरार भएको भन्दै प्रहरीले थप छानविन गरिरहेको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुरेशविक्रम शाहका अनुसार फरार भएका शेर्पाको खोजी कार्यलाई तीव्र पारिएको छ । शेर्पालाई आज बिहान सवा नौ बजे उपचारका लागि जेलरले स्वीकृति दिएपछि एक हवल्दार र जवानसँगै अस्पताल पुर्याइएको थियो ।
प्रवक्ता शाहले प्रारम्भिकरुपमा अस्पतालबाट फरार भएको भनिए पनि बाहिरबाटै फरार भएको हुनसक्ने देखिएकाले अनुसन्धान थालिएको बताए ।
