समाचारमंगलबार, फाल्गुण २६, २०७१

मोर्चाले आन्दोलन तय गर्ने, घोषणा नगर्ने

हिमालखबर

morcha

फाइल तस्वीर

एमाओवादी नेतृत्वको मोर्चाले सत्तापक्षसँग वार्ताका लागि ३० फागुनसम्म पर्खने भएको छ ।

आन्दोलन स्थगित गरेर वार्तामा बसेको मोर्चाले २६ फागुनसम्म सहमति नजुटे दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको थियो । तर, २६ फागुनमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्रीले आग्रह गरेको भन्दै तत्काल आन्दोलनमा नजाने निर्णय गरेको हो ।

मोर्चाका एक नेताका अनुसार ३० फागुनसम्म वार्ताको समय छुट्याइएपनि आन्दोलनको कार्यक्रम तय गर्न सचिवालयलाई निर्देशन दिएको छ । सचिवालयले दोस्रो चरणमा क्रियात्मक आन्दोलनको तालिका बनाउने छ ।

३० फागुनसम्म पनि सहमति नभए मोर्चा स्थानीय तहबाटै पहिचान विरोधी बहिष्कार, स्थानीय निकायदेखि केन्द्रसम्म कब्जाको कार्यक्रममा उत्रने तयारीमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>