समाचारबुधबार, फाल्गुण २७, २०७१

अान्दाेलन र वार्ता सँगसँगैः पाेखरेल

हिमालखबर

एमाअाेवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले ३० दलीय मोर्चाले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ सिरहाले लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचेतक पोखरेलले आन्दोलन र वार्ता एकअर्काका परिपूरक भएकाले मोर्चाले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताए ।

सत्तारूढ दलसँग ३० फागुनसम्ममा सहमति नभए मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले बताए । विभिन्न पक्षको आग्रहमा परिणाममुखी र सार्थक वार्ताका लागि मोर्चाले आन्दोलनको कार्यक्रम रोकेकाे बताउँदै उनले सत्तारूढ दल सहमतिका लागि इमान्दार नभए दोस्रो चरणको क्रियात्मक र निर्णायक आन्दोलनको घोषणा गर्ने बताए ।

आन्दोलनका सहयात्री दलबीच न्यूनतम सहमतिका आधारमा संविधानसभाबाटै संघीयतासहितको संविधान बनाउन सत्तारूढ दल इमान्दार भए चाँडै दलबीच सहमति हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>