समाचारबुधबार, फाल्गुण २७, २०७१

उपनिर्वाचनका लागि एमालेले पनि उमेद्वार छान्याे

हिमालखबर

बाग्लुङ क्षेत्र नम्बर एकमा हुने लागेको संविधानसभा उपनिर्वाचनका लागि नेकपा एमालेले पनि उमेद्वार छनौट गरेको छ ।

एमालेले मना केशीलाई उमेद्वार बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका केशीलाई उमेद्वार छनौट गरेको हो ।

केशी दोस्रो संविधान निर्वाचनमा समानुपातिक उमेद्वार थिए । उक्त क्षेत्रका सभासद् हरि खड्काको निधन भएपछि आगामी २८ चैतमा उपनिर्वाचन हुन लागेको हो ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसले चम्पादेवी खड्का र एमाओवादीले दीनानाथ शर्मालाई उमेद्वार बनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>