समाचारबिहीबार, फाल्गुण २८, २०७१

मोर्चाको भाषा बुझिएनः सञ्चारमन्त्री

हिमालखबर

unnamedसञ्चारमन्त्री मिनेन्द्र रिजालले एमाओवादी मोर्चाको भाषा बुझ्न नसक्दा सहमतिमा संविधान बन्न नसकेको बताएका छन् ।

२८ फागुनमा पाँचथरमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रिजालले मोर्चाले विहान बेलुका बोली फेर्ने गरेकाले सहमति जुट्न नसकेको बताए ।

उनले भने, ‘‘विपक्षीले संविधानसभाको दुई तिहाईको सम्मान गर्नुपर्छ, जनमतलाई केही होइन भन्ने बुझ्नु गल्ती हो ।’’ रिजालले मोर्चाको निर्णयले सहमति वा दुई तिहाईबाट संविधान बन्छ भन्ने निर्धारण हुने बताए ।

उनले आफ्नो पक्षमा दुई तिहाई मत हुँदाहुँदै सहमितकै पक्षमा कांग्रेस रहेको बताए ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>