समाचारबिहीबार, फाल्गुण २८, २०७१

एमाओवादी शीर्ष नेताहरुसँग प्रधानमन्त्री छलफलमा

हिमालखबर

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीका शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री कोइराला र एमाओवादी नेताहरुबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोेजक प्रकाश अधिकारीले बताए ।

उनका अनुसार वार्ता प्रक्रियालाई अघि बढाउनेबारे छलफल भइरहेको छ । आजै दिउँसो सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको बैठक बसेको थियो ।

दुई दलले प्रतिपक्षी दलसँग वार्ता प्रक्रिया अघि बढाउने जिम्मा प्रधानमन्त्री कोइरालालाई दिएकाे थियाे । सहमतिका लागि अव धेरै नकुर्ने निर्णय गरेकाे कांग्रेस र एमालेले प्रतिपक्ष दलहरुसँग निर्णायक वार्ता गर्ने निर्णय गरेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>