समाचारबिहीबार, फाल्गुण २८, २०७१

सहमतिका लागि लचक छाैंः सापकाेटा

हिमालखबर

एमाअाेवादीका नेता अग्नि सापकोटाले सहमतिका लागि सत्तापक्षका दलसँग अनौपचारिक छलफल सुरु भएको बताएका छन् ।

भक्तपुरमा रफत सञ्चार क्लबले गरेको अन्तरसम्वाद कार्यक्रममा उनले सत्तापक्ष र विपक्षी दलबीच सहमतिका लागि अनौपचारिक छलफल सुरु भएको बताए । उनले भने, “संविधान निर्माणका विवादित विषयमध्ये न्याय प्रणाली, शासकीय स्वरुप र राज्यको पुनःसंरचनाको विषयमा सहमति गरेर जाने विषयमा औपचारिक, अनौपचारिक वार्ता भइरहेको छ, सहमतिका लागि विपक्षी दलहरु निकै लचक भएका छन् ।”

संवैधानिक अदालत राख्ने, न्याय परिषद्मा राजनीतिक दलबाट नियुक्ति गर्ने र पहिचानसहितको संघीयताका बारेमा सत्तापक्ष र विपक्षी दलबीच कुराकानी भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>