समाचारबिहीबार, फाल्गुण २८, २०७१

प्याकेजमा सहमति गर्ने कांग्रेस र एमाओवादीको निर्णय

हिमालखबर

नेपाली कांग्रेस र एमाओवादीले ३० फागुनभित्रै प्याकेजमा सहमतिको प्रयत्न गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा २८ फागुन साँझ बसेको अनौपचारिक बैठकमा तीनदिनभित्र सहमति गर्नेगरी औपचारिक अनौपचारिक छलफललाई तीव्र पार्ने निर्णय भएको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काले बताए ।

उनका अनुसार २९ फागुन दिनभर दलहरुबीच छुट्टा–छुट्टै अनौपचारिक छलफल हुनेछ । एमाओवादी र एमालेबीच २९ फागुन विहान नौ बजे अनौपचारिक छलफल हुने खड्काले बताए ।

एमाओवादीले एमालेपछि २९ फागुनमै मेधसी मोर्चा,साना दलहरुसँग छुट्टा–छुट्टै छलफल गर्नेछ । २८ फागुन दिउँसो एमाले र कांग्रेसको बैठक बसेर वार्ताको बातावरण तय गर्ने जिम्मेवारी प्रधानमन्त्री कोइरालालाई दिने निर्णय भएको थियो ।

नयाँ संविधानका विवादित विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि अान्दाेलनतिर लागेकाे एमाअाेवादीसहितकाे माेर्चासँग सत्तारुढ दलहरु वार्तामा बसिरहेकाे छ ।

माेर्चाले विवादित विषयमा सहमति गरेर संविधान निर्माण प्रकृया अघि बढाउनुपर्ने माग राख्दै अाएकाे छ भने कांग्रेस र एमाले सहमति नजुटेकाे विषयलाई संविधानसभाकाे दुई तिहाइ मतबाट टुंगाे लगाउनुपर्ने पक्षमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>