समाचारशुक्रबार, फाल्गुण २९, २०७१
सहमतिका नाममा संविधानसभालाई बन्धक बनाउन पाइँदैन: पासवान
बहुजन शक्ति पार्टीका अध्यक्ष एवम् सभासद बिश्वेन्द्र पासवानले सहमतिको नाममा संविधानसभालाई बन्धक बनाउन नहुने भन्दै बहुमतका आधारमा संविधान जारी हुनु पर्ने बताएका छन् ।
बाराको कलैयामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभासद पासवानले भने, “सबैको सहमति खोज्ने हो भने संबिधान बन्नै सक्दैन त्यसैले मुलुक र नागरिकको समृद्धिका लागि बहुमतले भए पनि संबिधान जारी गर्न ढिलो गर्न हुँदैन ।”
उनले संविधानका विवादित भनिएका अन्तर्वस्तुमा दलहरुबीच खासै विवाद नभए पनि आ–आफ्नै दलगत र व्यक्तिगत स्वार्थका कारण एमाओवादी र मधेशकेन्द्रित दलहरुले बखेडा गरिरहेको आरोप लगाएका थिए ।
श्याम गुप्ता, बारा
