समाचारशुक्रबार, फाल्गुण २९, २०७१

एसिड आक्रमणमा परेका किशोरीले अस्पतालबाटै परीक्षा दिन पाउने

हिमालखबर

सरकारले एसिड आक्रमणमा परेका किशोरीलाई उपचारस्थलबाटै प्रवेशिका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । पीडित बालिकाको मागबमोजिम नै सो व्यवस्था गरिएको हो ।

मन्त्रिपरिषद्को २९ फागुनको बैठकले उपचारस्थलबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । गत १० फागुनमा राजधानीको वसन्तपुरमा अपरिचित व्यक्तिले प्रवेशिका परीक्षाका तयारी गरिहेका सङ्गीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गरेका थिए । उनीहरुको राजधानीको वीर अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले आक्रमणकारीको खोजीलाई तीव्रता दिन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । पीडित किशोरीद्वयले २७ फागुनमा प्रधानमन्त्री सुशील कोइरालालाई एक पत्र लेखी आक्रमणकारीलाई तत्काल कारबाही गर्न र उपचारस्थलबाटै परीक्षा दिन पाउने व्यवस्था गर्न माग गरेका थिए ।

यस्तै, बलात्कारपछि निधन भएकी बाराकी पूजा साहको परिवारलाई उचित क्षतिपूर्ति दिन र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

क्षतिपूर्ति के कसरी प्रदान गर्ने हो त्यसका लागि आवश्यक व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले जानकारी दिए । सरकारले पीडित परिवारप्रति सहानुभूतिसमेत प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>