समाचारआइतबार, चैत्र १, २०७१
सशांक कोइरालाले पार्टी सभापतिमा उम्मेद्वारी दिने
कांग्रेस केन्द्रीय सदस्य डा. सशांक कोइरालाले आफूसँग पार्ट हाँक्ने स्पष्ट दृष्टिकोण रहेको भन्दै १३ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेद्वारी दिने बताएका छन ।
बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पाँचथरको यासोक आइपुगेका कोइरालाले पत्रकारहरुसँगको कुराकानीमा आफूले आगामी महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
नेतृत्वमा स्पष्ट विचार र धारणा नहुँदा पार्टी संगठनसँगै भ्रातृ सस्थाको भविष्य अन्यौलमा पर्दै गएको धारणा राखेका कोइरालाले भने, “नेतृत्वको टकरावसँगै संगठन सञ्चालन गर्ने स्पष्ट धारणा नआउँदा नेविसंघ र तरुण दल लगायतका भ्रातृ संस्थाहरुकोे अधिवेशन ८ वर्षअघिदेखि हुन सकेको छैन, यस्ले नयाँ कार्यकर्ता उत्पादनमा प्रत्यक्ष प्रभाव परिरहेको छ ।”
पार्टि सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरवहादुर देउवा बीचको द्वन्द्वले केन्द्रदेखि ग्रामिण तहसम्मका नेता कार्यकर्ता विभाजित हुँदा संगठन निर्माणको कामले गति लिन नसकेको डा. कोइरालाले बताए ।
“दुवै पक्षका नेता कार्यकर्तालाई गोलवद्ध गरेर संगठन हाँक्नका लागि मसँग स्पष्ट धारणा भएकाले पार्टी नेतृत्वका लागि म सक्षम छु,” डा. कोइरालाले दोहोर्याए ।
लक्ष्मी गौतम, पाँचथर
