समाचारआइतबार, चैत्र १, २०७१

मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग वार्तामा बसिरहेको विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

१६ फागुनमा पहिलो चरणको आन्दोलन टुंग्याएर वार्तामा बसेको मोर्चाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने एमाओवादी नेता गिरिराजमणि पोखरेलले बताए । पोखरेलले भने, ‘‘दिउँसो मोर्चाको बैठक बसेर आन्दोलन घोषणा हुन्छ ।’’

मोर्चाले सम्वाद र आन्दोलनसँगसँगै लैजाने तयारी गरेको छ । ५ माघपछि मोर्चाले सम्वादहिन आन्दोलन गरेका थिए ।

पोखरेलले भने, ‘‘मोर्चाको प्राथमिकता वार्ता नै हो, वार्तालाई सहयोग पुग्नेगरी नै आन्दोलन घोषणा हुन्छ ।’’ मोर्चाले दोस्रो चरणमा क्रियात्मक र तेस्रो चरणमा निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ ।

सम्वादलाई निरन्तरता दिने निर्णय

३० फागुनको औपचारिक वार्ता असफल भएपछि आज विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।

दाहाल र कोइरालाबीच भएको वार्ताले सम्वाद्लाई निरन्तरता दिने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>