समाचारआइतबार, चैत्र १, २०७१

माओवादी एकता प्रकृया सुरु, वार्ता समिति गठन

हिमालखबर

Maoilst Leaders at Meetingझण्डै तीन बर्षअघि फुटेको एमाओवादी र नेकपा–माओवादीबीच एकता प्रक्रिया अघि बढाउन वार्ता समिति गठन भएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पातमा भएको दुई माओवादीका शीर्ष नेताहरुको बैठकले एकता प्रक्रिया अघि बढाउन वार्ता समिति गठन गरेको माओवादीका प्रवक्ता पम्फा भूसालले बताइन् ।

पार्टी एकताका लागि सैद्धान्तिक आधार तय गर्न दुवै दलका शीर्ष नेताहरु सम्मिलित वार्ता समिति गठन भएको छ ।

समितिमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ रहेका छन् ।

CPN-M & UCPN (M) Joint Press Statement 2071-12-01

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>