समाचारआइतबार, चैत्र १, २०७१
चन्द माओवादीलाई कांग्रेसको चेतावनी
सत्तारुढ दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई व्यक्तिगत घरजग्गा कब्जा गर्ने कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।
१ चैतमा प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार हनन् गर्दै घरजग्गा कब्जा गर्दै हिडेकाले यस्तो कार्य रोक्न सरकारसँग माग समेत गरेको छ ।
त्यस्तै विज्ञप्तिमा डोटीका कांग्रेस नेता पदमराज जोशीको घरजग्गा कब्जा गर्ने व्यक्तिहरुमाथि कार्बाहीको माग पनि गरिएको छ ।
“कुनै पनि नागरिकको घर जग्गा कब्जा गरी विस्थापित हुन बाध्य पारिने उक्त मानव अधिकार विरोधी घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ, यस्ता क्रियाकलाप पुनः नदोहोर्याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ,” विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस डोटीका नेता पदमराज जोशीको बर्छेन-९ स्थित घरमा नेकपा माओवादी विप्लव समूहले पार्टीको झण्डा गाड्नुका साथै घर समेत कब्जामा लिएको छ भने चितवनमा पनि सयौं विगाह जग्गा कब्जमा लिइएको जनाएको छ ।
