समाचारसोमबार, चैत्र २, २०७१
वार्ताका नाममा समय कटाउने खेलः ज्ञवाली
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाअाेवादी नेतृत्वको मोर्चाले वार्ताका नाममा समय कटाउने काम गरेको आरोप लगाएका छन् ।
बागलुङ क्षेत्र नं १ मा यही २८ चैतमा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि एमाले बागलुङले आयोजना गरेको सभामा नेता ज्ञवालीले वार्ता र संवादको बहानामा संविधानसभाको बैठक लामो समयसम्म स्थगन गर्न नसकिने बताउँदै सहमतिमा सम्भव नभए प्रक्रियामै गएर भए पनि सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने बताए ।
“राष्ट्रिय राजनीतिमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने गलत संस्कारको विकास भएको छ”, उनले भने । ज्ञवालीले हरेक पार्टीले आफ्ना पार्टीगत अजेन्डा जबर्जस्ती लाद्न खोज्दा देश नै अनिर्णयमा फसेको बताए ।
