समाचारमंगलबार, चैत्र ३, २०७१

नेपाल–भारतबीचकाे खेल गाेलरहित बराबरी

हिमालखबर

विश्वकप फुटबलको छनौटका लागि काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र भारतबीच भएकाे खेल गाेलरहित भएकाे छ ।

दुवै देशले निर्धारित समयमा गाेल हुन नसकेपछि गाेलरहित बराबरीमा खेल सकिएकाे छ । याे खेलसँगै नेपाल विश्वकप छनाैट चरणबाट बाहिरिएकाे छ ।

सन् २०१८ मा हुने विश्वकप फुटबल  सन् २०१९ मा हुने एसियन कप छनौटका रुपमा खेल भएकाे थियाे । यसअघि, भारतमा भएको खेलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो ।

नेपाली खेलाडीहरुलाई शुभकामना दिन खेलकुदमन्त्री पुरुषाेत्तम पाैडेल र राखेपका सदस्य सचिव युवराज लामा रंगशाला पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>