समाचारमंगलबार, चैत्र ३, २०७१

संविधान जारी गर्ने समयसीमासहित वार्ता गर्नुपर्छः नेपाल

हिमालखबर

तस्वीरः रासस

तस्वीरः रासस

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी १५ जेठभित्र संविधान जारी गर्ने समयसीमासहित वार्ताको सिलसिला विभिन्न ढङ्गले अघि बढाउनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल, रासस शाखाको चौथो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, “संविधानसभाको गरिमा र औचित्यलाई बचाउन चाँडो संविधान ल्याउनाको विकल्प छैन, समय तालिकासहित १५ जेठभित्र संविधान ल्याउने गरी वार्ता अघि बढाइनुपर्छ, त्यसका लागि न्यूनतम सहमति खोजाैं ।”

पूर्वप्रधानमन्त्री नेपालले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त साझा उपलब्धिलाई संस्थागत गर्न समयमै सचेत हुन जरुरी भएको उल्लेख गर्दै लोकतन्त्रका मूल्य र मान्यतामा प्रश्नचिह्नरहित प्रतिबद्धता देखाउन एमाओवादीलाई आग्रह गरे ।

“अहिलेको उपलब्धि सबैको प्रयासबाट भएको हो, नेपाल राष्ट्रलाई केन्द्रमा राखेर जानुपर्छ, पेल्ने र दबाउने कुरा कसैले गर्नुहुँदैन, दुवै किसिमको अतिवाद त्यागेर औचित्यलाई आधार मानेर अघि बढौँ” उनले भने ।

सङ्ग्रौला र भण्डारी सम्मानित

प्रेस चौतारी रासस शाखाले यस वर्षको ‘प्रेस चौतारी रासस शाखा सम्मान–२०७१’ राससका वरिष्ठ कार्यकारी सम्पादक सरला सङ्ग्रौलालाई र ‘प्रेस चौतारी रासस शाखा पुरस्कार–२०७१ रासस काकँडभिट्टा (झापा)का प्रतिनिधि चन्द्रकला भण्डारीलाई प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>