समाचारमंगलबार, चैत्र ३, २०७१

सम्पन्न व्यक्तिलाई विपन्नको नाममा आर्थिक सहयोग दिइयोः अख्तियार

हिमालखबर

विपन्नका नाममा सरकारले समाजका उच्च पदस्थ र सम्पन्न पदाधिकारी तथा कर्मचारीलाई सरकारले आर्थिक सहयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्यानाकर्षण जनाएको छ ।

आयोगले विज्ञप्ती जारी गर्दै यो आर्थिक बर्षको फागुनमसान्तसम्म ३०० बढीलाई आर्थिक सहयोग गरेको उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट भएको यस्तो कार्य रोक्न अख्तियारले आग्रह गरेको छ ।

अख्तियारले मुख्य सचिवलाई पत्र लेख्दै आर्थिक सहयोगका लागि उचित मापदण्ड तयार पार्न आग्रह गरेको पत्रमा उल्लेख छ । विपन्न, भोकमरीको चपेटामा परेका र सामाजिक हिसाबले पिछडिएको क्षेत्रका लागि सहयोग गर्न आयोगले भनेको छ ।

aaa

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>