समाचारमंगलबार, चैत्र ३, २०७१

सभाध्यक्ष नेम्वाङले छलफल थाले

हिमालखबर

संविधानसभा बैठक अनिश्चितकाललाई स्थगित गरेर दिएकाे समयमा दलहरुले सहमति जुटाउन नसकेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पुनः सक्रियता बढाएका छन् ।

उनले ३ चैतमा प्रमखु सचेतकहरुसँग र कानूनमन्त्री नरहरी अाचार्यसँग छलफल गरेका छन् । उनले सहमति जुटाउन नसकेकाेबारे प्रमुख सचेतकहरुसँग असन्तुष्टि जनाएका थिए । राजनीतिक अवस्था र संविधान लेखन तथा दलहरूबीच भएका सहमतिको प्रयासका बारेमा राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दै असन्तुष्टि व्यक्त गरे ।

बैठकपछि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बहमतीय प्रक्रियालाई अगाडि बढाउने मनसायका साथ संविधानसभाको बैठक बोलाउन लागिएको भए त्यो आफूहरूलाई स्वीकार्य नभएको जानकारी गराएको बताए । ‘‘सभाध्यक्षले दलका शीर्ष नेतासँग छलफल गर्ने र सहमतिका लागि प्रयत्न गर्ने विषय सकारात्मक भए पनि बहुमतीय प्रक्रियाका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाउने हो भने हामी संविधानसभामा जाँदैनौँ, सहभागी हुँदैनौँ’’ प्रमुख सचेतक पोखरेलले भने ।

नेपाली कांग्रेस, नेकपा एमालेका प्रमुख सचेतकले भने सहमतिको सम्भावना नरहेकाले तत्काल प्रक्रियामा प्रवेश गर्नका लागि सभाध्यक्ष नेम्वाङलाई आग्रह गरेका थिए । सभाध्यक्ष नेम्वाङसँगको छलफलमा राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक र मधेशी जनअधिकार फोरम नेपालका प्रमुख सचेतकको सहभागिता थियाे ।

शीर्ष नेताहरुसँग पनि छलफल गर्ने

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । विवादित विषयमा सहमति जुटाउने विषयमा दलहरूबीच सार्थक संवाद हुन नसकेको र विवाद कायमै रहेको भन्दै सभाध्यक्षले ४ फागुन दिउँसो १ बजेका लागि छलफल तय गरेका हुन् ।

गत २८ माघदेखि अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगित भए पनि संविधानका विवादित अन्र्तवस्तुमा सहमति जुटाउनेतर्फ कुनै पनि पहल नभएको भन्दै सभाध्यक्ष नेम्वाङ असन्तुष्ट बन्दै अाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>