समाचारबिहीबार, चैत्र ५, २०७१

नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिइने

हिमालखबर

चिकित्साशास्त्र अध्यनन संस्थान (आइओएम) फ्याकल्टी बोर्डले नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिने निर्णय गरेको छ ।

बैठकले आइओएमकै क्षमता नभएको भन्दैै नयाँ कलेजलाई सम्बन्धन दिन नसक्ने ठहर गरेको हो ।

यथास्थितिमा तत्कालका लागि सम्बन्धन दिन सक्ने अवस्था नदेखिएको र नयाँ कजेललाई सम्बन्धन दिँदा आइओएमले अनुगमनदेखि परीक्षा दिन सक्ने अवस्था नरहेका कारण सो निर्णय भएकोे अध्ययन संस्थानका डीन डा.राकेश श्रीवास्तवले बताए ।

यो निर्णयसँगै आवश्यक पूर्वाधार तयार नभएसम्म कुनै पनि नयाँ कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि नबढ्ने देखिएको छ ।

चिकित्सक डा.गोविन्द केसीको अनसन तोडाउने सन्दर्भमा सरकारसँग नयाँ सम्बन्धन नदिने सहमति भएको थियो । तर, पछिल्लो समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै सम्बन्धन सम्बन्धमा प्रक्रिया अघि बढाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले फ्याकल्टी बैठकका लागि पटकपटक ताकेता गरेको थियो ।

मनमोहन मेडिकल कलेजसहित चार कलेजले सम्बन्धनका लागि लामो समयदेखि आवेदन दिएका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>