समाचारबिहीबार, चैत्र ५, २०७१

प्रहरी पेट्रोलपम्पमा भएकाे अनियमिततामाथि छानविन गरिने

हिमालखबर

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालस्थित पेट्रोलपम्पमा भएको अनियमितता छानविन गर्न प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले जारी गरेकाे विज्ञप्तिअनुसार छानविन समितिमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखाका प्रहरी उपरीक्षक नरोत्तमलाल प्रधान, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्याम ज्ञवाली, प्रहरी प्रधान कार्यालय कानुन शाखाका प्रहरी नायब उपरीक्षक नवराज कार्की र प्रहरी प्रधान कार्यालयका प्रहरी निरीक्षक केशव गौतम रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अगुवाइमा ३ चैतमा गरिएको बजार अनुगमनको क्रममा नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पका पाँच नोजलमध्ये तीनवटा नोजलहरूबाट कम पेट्रोल दिइएको तथा वितरणमा अनियमित भएको भेटिएपछि अनुगमन टोलीले सिलबन्दी गरेको थियो ।

छानविन समितिले पेट्रोल पम्पको अनियमित वद्नियतपूर्वक वा यान्त्रिक त्रुटिका कारणबाट भएको हो भन्नेबारे छानविन गरी सात दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>