समाचारबिहीबार, चैत्र ५, २०७१
पीडितलाई न्याय दिलाउन संसदमा विषेश प्रस्ताव लैजान्छुः दाहाल
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकारसँग छलफल गर्ने बताएका छन् ।
मुलुकभित्र रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेकाले दलालले योजनाबद्धरुपमा नेपाली युवालाई ठगी गरेको भन्दै उनले ठगी नियन्त्रण गर्नका लागि व्यवस्थापिका–संसदमा विशेष प्रस्ताव लैजाने र पीडितलाई क्षतिपूर्तिका लागि पहल गर्ने बताए ।
दक्षिण कोरियाको पानीजहाज कम्पनीमा काम लगाइदिने भन्दै नयाँ बानेश्वरको युनाइटेड एचआर कन्सल्ट्यान्सी एन्ड ट्रेनिङ सेन्टरले ३७ जना युवालाई ठगी गरेको भन्दै पीडित युवा न्याय खोज्दै एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाट पुगेका थिए ।
