समाचारबिहीबार, चैत्र ५, २०७१
आन्दोलन छाडेर सहमतिमा आउन मोर्चालाई आग्रह
सिँचाइमन्त्री नारायणप्रसाद साउदले आन्दोलन छाडेर तत्काल सहमतिमा आउन विपक्षी मोर्चालाई आग्रह गरेका छन् ।
प्रेस युनियन दाङ शाखाले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले संविधानका विवादित विषयहरू संविधानसभाबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिँदै संविधानसभाभन्दा बाहिर गएर सहमति हुनै नसक्ने दाबी गरे ।
उनले एमाओवादी नेतृत्वको मोर्चा संविधानसभाबाट समस्या समाधान गर्नुभन्दा आन्दोलनतर्फ अग्रसर भएकाले पनि थप समस्या उत्पन्न भएको बताए ।
