समाचारबिहीबार, चैत्र ५, २०७१

युवा संघका सचिव चन्दमाथि आक्रमण

हिमालखबर

एमालेको जनवर्गीय संगठन युवा संघका सचिव अशोक चन्दमाथि आक्रमण भएको छ ।

कार्यक्रमबाट घर फर्कदै गरेका चन्दलाई महेश बस्नेतको विरोध गरेको भन्दै ६ जनाको समूहले आक्रमण गरेको युवा संघका काठमाडौं जिल्ला अध्यक्ष नितेश पौडेलले बताए ।

उनका अनुसार टाउँकोमा चोट लागेका चन्दलाई नयाँबानेश्वरस्थित निजामति अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । उनको अहिले उपचार भएको पौडेलले बताए ।

बानेश्वरको मीनभवन क्याम्पस अगाडि चन्दमाथि आक्रमण भएको थियो । उनीहरुले हेलमेटले चन्दमाथि प्रहार गरेका थिए ।

युवा संघको संस्थापन पक्षसँग असन्तुष्टहरुले आगामी ७ र ८ चैतमा काठमाडौंमा गर्न लागेको भेलाको तयारी कार्यक्रमबाट चन्द फर्किरहेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>