समाचारशुक्रबार, चैत्र ६, २०७१

ह्यारी पर्टरकी लेखिका रोलिङ काठमाडौंमा

हिमालखबर

jk+rollingचर्चित अंग्रेजी उपन्यास शृंखला ह्यारी पर्टरकी लेखिका जेके रोलिङ काठमाडौं आएकी छन् ।

५ चैत राति निजी विमानबाट परिवारका साथ काठमाडौं आइपुगेकी ४९ वर्षीय रोलिङ ६ चैतमा द ब्रिटिश स्कुलले आयोजना गरेको कार्यक्रममा सहभागी भइन् । स्कुलमा उनले विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै ह्यारी पर्टरको पहिलो अंकको एक अनुच्छेद पढेर सुनाएकी थिइन् ।

मिडियालाई थाहा नदिइ सुटुक्कै आइपुगेकी उनी ८ चैतमा काठमाडौंबाट फर्कने कार्यक्रम छ ।

रोलिङ आख्यान लेखेरै अर्बपति बनेकी महिला हुन् । अहिलेसम्म ४० करोड प्रतिभन्दा बढी बिक्री भएको उपन्यास ह्यारी पर्टरको शृंखला संसारमै सबैभन्दा बढी बिक्री हुनेमध्येको पुस्तक हो । उनी बेलायतकी १२ औं धनी महिला पनि हुन् ।

वास्तविक नाम जोआन रोलिङ भए पनि ह्यारी पर्टरका प्रकाशकले उनको नाम जेके रोलिङ जुराइदिएका हुन् । रोलिङकै उपन्यास ह्यारी पर्टरमा आधारित फिल्महरु पनि उत्तिकै चर्चित भएका छन् ।

किशोरकिशोरीलाई लक्षित गरी लेखिएको ह्यारी पर्टर विश्वका विभिन्न भाषा सहित नेपाली भाषामा समेत अनुदित भइसकेको छ । उपन्यासबाट नाम र दाम दुबै कमाएकी रोलिङ अहिले सामाजिक कार्यमा पनि सक्रिय छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>