समाचारशुक्रबार, चैत्र ६, २०७१
माओवादीका पोलिट्ब्यूरो सदस्य दाहाल गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य तथा नेवा राज्य इन्चार्ज इश्वरी दाहाललाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौंका महाराजगञ्जबाट उनलाई प्रहरीले ६ चैत दिउँसाे नियन्त्रणमा लिएको हो । लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराऊ गर्दै झण्डा गाडेपछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको माओवादीले जनाएको छ ।
प्रहरीले पूर्व भाैतिक याेजना राज्यमन्त्री पदम राईसहित माअाेवादीका दुई दर्जन बढी कार्यकर्ता गिरफ्तार गरेकाे माअाेवादीले जनाएकाे छ ।
नेकपा–माओवादीबाट फुटेको माओवादीले देशका विभिन्न ठाउँमा घरजग्गा कब्जा गर्दै आएको थियो ।
