समाचारशुक्रबार, चैत्र ६, २०७१
सहमतिका लागि कांग्रेस एमाले हदै लचक हुन्छः सिटाैला
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादी तथा मधेसवादीदललाई सहमति र वार्तामा ल्याएर संविधान निर्माण प्रक्रिया अगाडि बढाउन प्रयास भइरहेको बताएका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले आगामी १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर संविधान जारी गर्ने गरी सहमतिका लागि प्रयास भइरहेको बताए ।
उनले कांग्रेस र एमाले सहमतिमै संविधान जारी गर्ने पक्षमा भएकाले वार्ता र छलफलका लागि हदैसम्म लचकता अपनाउन तयार रहेको बताए ।
उनले सडकबाट संविधान बन्न नसक्ने र संविधान नेपाली जनताको मुल अजेन्डा भएकाले सबै समस्याको समाधान संविधानसभाबाटै खोज्न बिपक्षी र्मोचालाई अनुरोध गरे ।
