समाचारशनिबार, चैत्र ७, २०७१

गिरिजाबाबुको नाम लिएर दाहाल झुठो बोल्दैछन्: पौडेल

हिमालखबर

RC_Poudelनेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्न सके मुलुकले छिट्टै निकास पाउने बताएका छन् ।

स्व कोइरालाको पाँचौँ स्मृति दिवसका अवसरमा ७ चैतमा तनहुँमा आयोजित कार्यक्रममा पौडेलले स्व. कोइरालाले देखाएको बाटो हिड्न सके मुलुकले अहिले नै निकास पाउने भन्दै एमाओवादी अध्यक्ष दाहाल त्यो बाटोमा हिंडन नचाहेकाले सहमति हुन नसकेको दाबी गरे ।

दाहालले ‘गिरिजाप्रसाद कोइराला भएको भए’ भनी बेलाबेलामा दिने अभिव्यक्ति जनता ढाट्ने खेल मात्रै भएको आरोप लगाए । भने, “एमाओवादीले मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गरिरहेको छ ।”

राज्य पुनर्संरचना गर्दा, संघीय प्रदेश बनाउँदा गिरिजाबाबुले भन्ने गरेका कुरालाई ध्यान दिने हो भने सहमति हुने पौडेलको भनाई छ ।

“अब तपाइँहरु घुर्क्याउने कुरा नगर्नूस्, गिरिजाप्रसाद भएका भएपनि हामीले जो गर्दै छौं त्यही गर्नुहुन्थ्यो,” दाहाललाई लक्षित गर्दै पौडेलले भने ।

उनले १० चैतसम्म विपक्षी वार्तामा नआए संविधान निर्माण प्रक्रियामा अघि बढ्ने बताए ।
“सडकमा लाठी देखाउँदै र टुँडीखेलमा मान्छे भेला पार्दैमा अब कोही पनि डराउनेवाला छैन,” पौडेलको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>