समाचारआइतबार, चैत्र ८, २०७१

सरकार शान्ति सम्झौता विपरीत गएको ६ माओवादीको ठहर

हिमालखबर

एमाओवादी लगायत ६ वटा माओवादीले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा ८ चैतमा बसेको संयुक्त बैठकले शान्ति सम्झौतालाई उल्ट्याएर जाने प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्वमा धकेल्ने भन्दै त्यसो नगर्न सरकारलाई सुझावसमेत दिएको छ ।

दशवर्षे युद्धकालमा मारिएका शहीद परिवारलाई दिने भनिएको रु १० लाख क्षतिपूर्तिमा रु पाँच लाख रकम र रु पाँच लाख माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा शेयर दिने भनिए पनि सो निर्णयबाट सरकारपछि हटेको निष्कर्ष निकाल्दै पूर्ववत् निर्णयमा कायम रहन सचेत गराएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए ।

यस्तै, द्वन्द्वको समयमा सेना, प्रहरीबाट जागिर छाडेर माओवादीको लडाकुमा समाहित भएका वा नभएका दुवैलाई सरकारले पक्राउ गर्न थालेकामा आपत्ति प्रकट गर्दै संयुक्त बैठकले मुलुकलाई सङ्टकग्रस्त बनाउने काम नगर्न आग्रह गरेको पनि उनले बताए ।

पार्टी एकताका लागि विगतमा गठन गरिएको कार्यगत एकता समितिलाई थप मजबुत बनाउने र पार्टी एकताको आधार तयार पार्ने निर्णय गरेको नेकपा (माओवादी)का संयोजक मातृका यादवले जानकारी दिए ।

बैठकमा एमाओवादीका अध्यक्ष पुष्कमल दाहाल, नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, माओवादीका अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द, नेकपा (एकीकृत)का महासचिव परि थापालगायतका नेताहरुको सहभागिता थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>