समाचारसोमबार, चैत्र ९, २०७१
सिंगापुरः ली क्वान यूको निधन
सिंगापुरलाई सानो बन्दरगाहबाट कारोबारको वैश्विक केन्द्र बनाउन सफल ली क्वान यूको ९१ वर्षको उमेर निधन भएको छ ।
लगातार ३१ वर्षसम्म सिंगापुरका प्रधानमन्त्री रहेका ली क्वान यू सन् २०११ सम्म सरकारमा सक्रिय थिए ।
सिंगापुरको समृद्धिको सारा श्रेय ली क्वान यूलाई दिइन्छ । यद्यपी सत्तामा लगातार बनिरहेकोमा उनको आलोचना पनि हुने गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध र अदालतले उनका राजनीतिक विरोधीलाई निशाना बनाउनु उनको शासनकालको अर्को आलोच्य पक्ष हो ।
सिंगापुरका वर्तमान प्रधानमन्त्री ली सिएन लुंग उनकै छोरा हुन् । प्रधानमन्त्रीका प्रेस सचिवले ली क्वान युको मृत्युको घोषणा गरेका हुन् ।
सिंगापुर जनरल हस्पिटलमा सोमबार स्थानीय समयानुसार विहानै ३ः१८ बजे क्वानले अन्तिम सास लिएका थिए ।
