समाचारसोमबार, चैत्र ९, २०७१
एमाले विवादः माधव नेपाललाई कार्बाहीको माग
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर युवा संघका केन्द्रीय सदस्यहरु सम्मिलित बैठकले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई कार्बाहीको माग राखेको छ ।
हेटौडामा सम्पन्न बैठकले युवा संघमा गुन्डागर्दी रहेको अभिव्यक्ति दिएकाले कार्बाहीको माग राखेको संघका प्रवक्ता प्रभातविक्रम कट्वालले बताए । उनले भने, ‘‘बैठकले संघमा गुण्डागर्दी रहेको भन्ने अभिव्यक्ति पुष्टि गर्न नेपाललाई चेतावी दिएका छौं ।’’
बैठकले संघको महाधिवेशनको मिति तोक्ने निर्णय गरेको छ । संघको विवाद बढ्दै गएपछि संस्थापन पक्षले हेटौडा र नेपाल पक्षले काठमाडौंमा बैठक राखेको थियो ।
