समाचारमंगलबार, चैत्र १०, २०७१

पाँच जिल्लाको विवाद चाँडै मिल्छः मन्त्री निधि

हिमालखबर

भौतिक पूर्वाधार तथा यातायत मन्त्री विमलेन्द्र निधिले पूर्वका तीन र पश्चिमका दुई जिल्लाका विषयमा संविधान निर्माणका क्रममा देखिएको विवाद चाँडै मिल्ने बताएका छन्न् ।

कटुञ्जे–घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले बनाएको छ लाख लिटर पानी अट्ने रिजर्भ ट्याङ्कीको शिलान्यास गर्दै उनले पाँच जिल्लामा सहमति भए अन्य विषयमा सहमति हुने बताए ।

राज्यः पुनःसंरचनाका क्रममा झापा मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर गरी पाँच जिल्लालाई कुन कुन प्रदेशमा राख्ने भन्ने विवाद छ । उनले भने, “पाँच जिल्लाको विवाद नमिल्दा सत्ता पक्षले दुई तिहाइबाट अगाडि बढ्न खोज्ने र विपक्षी मोर्चा आन्दोलनमा जाने स्थिति भएको हो । अब यस विषयमा छिट्टै विवाद मिल्ने र वार्ताबाटै सहमति भएर संविधान जारी हुनेछ ।”

संविधान निर्माणको काम सकिएपछि मुलुकले स्थिरता पाउने र भौतिक पूर्वाधारको कामले गति लिने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>