समाचारमंगलबार, चैत्र १०, २०७१
माधव नेपाल बालकोट नजाने, ओली पक्षको प्रस्ताव अस्वीकार गर्ने तयारी
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले एक्लौटी रुपमा कार्यविभाजनको प्रस्ताव ल्याएको भन्दै एमालेभित्र विवाद चुलिएको छ ।
अध्यक्ष ओलीको योजना अनुसार महासचिव ईश्वर पोखरेलले ल्याएको प्रस्तावमा एक्लौटी कार्यविभाजन गर्न खोजिएको भन्दै यसलाई माधवकुमार नेपाल पक्षधरले अस्वीकार गर्दै आएको छ ।
उपमहासचिव घनश्याम भूसालले भने, ‘‘आजको सचिवालय बैठकमा पनि हामी यो प्रस्ताव अस्वीकार गर्छाै ।’’ उनले प्रस्ताव नसच्याएसम्म पारित हुन नदिने बताए ।
ओली निवासमा बस्दै आएको सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल भने आज पनि नजाने भएको छ । बैठक केन्द्रीय कार्यालयमा हुनुपर्ने अडान राख्दै आएको नेपाल यसअघिका बैठकहरुमा पनि सहभागी छैनन् ।
तर, ओली पक्षले भने नेपाल पक्षधरको विरोधबीच बहुमतबाट प्रस्ताव पारित गर्ने तयारीमा रहेको छ ।
