समाचारमंगलबार, चैत्र १०, २०७१
न्यूजिल्याण्ड पहिलाे पटक विश्वकप क्रिकेटको फाइनलमा
दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलाे पटक न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।
न्यूजिल्याण्डले अफ्रिकालाई चार विकेटले पराजित गरेकाे छ । दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई दिएकाे २९८ रनको चुनौती एक बल बाँकी रहँदा भेटाएकाे थियाे ।
पानी परेपछि ४३ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउँदै २८१ रन बनाएपछि डीएल मेथोडका आधारमा २९८ रनको चुनौती दिएको थियाे।
