समाचारमंगलबार, चैत्र १०, २०७१

१४२ यात्रु बोकेको विमान फ्रान्समा दुर्घटना

हिमालखबर

स्पेनको बार्सिलोनाबाट जर्मनीको ड्यूस्सेलडर्फ जाँदै गरेकोे जर्मनविंग बजेट एयरलाइनको विमान फ्रान्समा दुर्घटना भएको छ ।

एयरबस ए ३२० विमान दक्षिणी फ्रान्सको ला प्रान्तमा खसेको स्थानीय प्रहरी र उड्डयन अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । विमानमा १४२ यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताइएको छ ।

बीबीसीले पनि एयरबस ए ३२० फ्रेन्च अल्पसमा क्र्यास भएको उल्लेख गरेको छ ।

बीबीसीका  अनुसार फ्रान्सेली राष्ट्रपतिले दुर्घटनाबारे पूर्ण विवरण नआइसके पनि प्रारम्भिक रिपोर्टका अाधारमा यात्रुहरु बाँच्ने सम्भावना नरहेको देखिएको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>