समाचारमंगलबार, चैत्र १०, २०७१

ताप्लेजुङः ११८ परिवार विस्थापित

हिमालखबर

-लक्ष्मी गौतम, फिदिम

medताप्लेजुङ सदरमुकाम फुङलिङ वजारमा आगलागी हुँदा ३५ घर जल्दा ११८ परिवारका ४ सय ६२ जना विस्थापित भएका छन् ।

९ चैत साँझ भएको आगलागीको क्षति विवरण भने अझै आउन नसकेको प्रमूख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले वताए । उनले भने, “पीडित परिवारको सवै सम्पती विवरण अभिलेख तयार गर्नुपर्ने भएकाले क्षतिको यकिन विवरण ढिलाई भइरहेको छ ।”

त्यहाँ ५० करोड बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको ५ । पीडित परिवारलाई तत्कालका लागि ताप्लेजुङ उद्योग वाणिज्य संघ, सामुदायिक भवन र जिल्ला विकास समितिको भवनमा राखिएको छ ।

आगालागीमा खगेन्द्र श्रेष्ठ, भरत श्रेष्ठ, युवराज श्रेष्ठ, निलम न्यौपाने, वुद्धी कार्की, लोकनाथ गिरी, रमेश पौडेल, युवराज वराल, गोपी पालुङवा, नरेन्न्द्र साँवा, मुक्ति पौडेल, धनकुमार पौडेल, नरेन्द्र पौडेल, रमेश गौतम, नारायण मादेन, डम्वर कार्की, खगेन्द्र तिम्सिनालगायतको घर जलेको छ ।

आगलागीमा जिविस ताप्लेजुङको पुरानो भवन, नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखा कार्यालय, स्थानीय शान्ति समिति र जनमुखी कृषी सहकारी सस्था, रेडपाण्डा नेटवर्ककको कार्यालय पनि जलेको छ ।

पीडितलाई न्याय दिने गृहमन्त्रीको आश्वासन

आगलागीको अनुगमन गर्न पुगेका गृहमन्त्री बामदेव गौतमले पीडितलाई न्याय हुनेगरी राहत दिने आश्वासन दिएका छन् ।

पीडितहरुले गृहमन्त्री समक्ष क्षतिपुर्ती, घर निर्माण तथा व्यवसाय सञ्चालन गर्न सहुलियत व्याजमा ऋण, वालवालिकाका लागि शिक्षाको प्रवन्धलगायत माग राखेका थिए ।

“पीडितलाई राहत क्षतिपुर्ति उपलव्ध गराउनका साथै घर निर्माण र व्यवसाय कर्जा उपलव्ध गर्न हामी तत्पर छौं’’, गृहमन्त्रीले भने ।unnamed

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>