समाचारमंगलबार, चैत्र १०, २०७१

सभाध्यक्षले प्रमुख सचेतकसँग छलफल गर्ने

हिमालखबर

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आह्वान गर्ने विषयमा संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् ।

संविधानका विवादित विषयमा सहमति जुटाउन दललाई सभाध्यक्ष नेम्वाङले यही ११ चैतसम्मको समयसीमा दिएका थिए । एमाअाेवादी नेतृत्वको तीस दलीय मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको र दलबीच सहमति हुन नसकेको सन्दर्भमा भावी रणनीति कसरी तय गर्ने भन्ने विषयमा प्रमुख सचेतकसँग सभाध्यक्षले छलफल गर्न लागेका हुन् ।

लामो समयसम्म संविधानसभाको बैठक स्थगन गर्न नमिल्ने र तत्काल सहमति जुटाउन नेम्वाङले पटक पटक प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्दै अाएका छन् ।

उनले आग्रह विपरीत प्रमुख दलका शीर्ष नेताको हालसम्म औपचारिक बैठकसमेत बस्न सकेको छैन । अनौपचारिक संवाद भए पनि ठोस प्रगति हुन नसक्दा संविधानसभाको बैठक अनिश्चित बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>