समाचारबुधबार, चैत्र ११, २०७१

एयरबसमा सवार १५० मध्ये कोही बाँचेनन्

हिमालखबर

germanफ्रान्सको एल्पस पर्वत शृंखलामा भएको एयरबस ए ३२० विमान दुर्घटनामा परी विमानमा सवार सबै १५० जनाको मृत्यु भएको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् ।

स्पेनको बार्सिलोनाबाट जर्मनीको डसलडोर्फ जाँदै गरेको यो विमान जर्मनीको एयरलाइन लुफ्थान्साको सस्तो एयरलाइन सेवा जर्मनविंग्सको थियो । दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स (डेटा फ्लाइट रेकर्डर) भेटिएको छ ।

विमानमा चालक दलका ६ सदस्य र १४४ यात्रु गरी जम्मा १५० जना सवार थिए । अधिकांश यात्रु स्पेन र जर्मनीका नागरिक रहेको उक्त विमानमा उत्तर पश्चिमी जर्मनीको एकै विद्यालयका १६ छात्रछात्रा र दुई शिक्षक पनि रहेको बताइएको छ ।

जर्मनविंग्सले ८ मिनेटभित्रै विमान ११ हजार मिटर तल आएको जनाएको छ ।

फ्रान्सको गृहमन्त्रालयका प्रवक्ता पिएरे ह्यानरीका अनुसार दुर्घटनाग्रस्ता विमानको थुप्रो फेला परिसकेको छ । दुर्घटनास्थल एल्पस पर्वतशृंखलामा करिब २ हजार मिटरको उचाइँमा छ ।

समाचार एजेन्सी एएफपीका अनुसार विमानले स्थानीय समयअनुसार १०ः४७ (०९ः४७ जीएमटी) मा आपतकालीन संकेतहरु पठाएको थियो । उडान संख्या ४ यू ९५३५ भएको ए३२० विमान २४ वर्ष पुरानो थियो । स्थानीय रिपोर्टहरुका अनुसार घटनास्थलसम्म उद्दार कार्यका लागि हेलिकप्टर पठाइएको छ ।

घटनापछि फ्रान्सका राष्ट्रपति फ्रान्सुआ ओलान्दले घटनाको अनुसन्धान र उत्पन्न समस्याको समाधानका लागि उच्चस्तरीय समिति गठन गरेका छन् ।

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>