समाचारबुधबार, चैत्र ११, २०७१
अर्थमन्त्रीको गाडीमा ढुंगा प्रहार
पोखरा पुगेका अर्थमन्त्री रामशरण महतको चढेको गाडीमा एमाओवादीका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।
एमाओवादी निकट विद्यार्थी संगठनका कार्यकर्ताहरुले अर्थमन्त्री चढेको बा १३ च २५१ नम्बरको गाडीमा ढुंगा प्रहार गरेका थिए ।
ढुंगा प्रहार गर्ने एमाओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोस्रो चरणको आन्दोलनमा रहेको एमाओवादीले मन्त्रीहरुलाई जिल्ला प्रवेशमा अवरोध गर्ने योजना छ ।
