समाचारबुधबार, चैत्र ११, २०७१
सहमतिका लागि १५ चैतसम्म अन्तिम मौका
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुलाई सहमति गर्न १५ चैतसम्मका लागि समय दिएका छन् ।
संविधानसभामा प्रतिनीधित्व गर्ने दलहरुका प्रमुख सचेतकसँग छलफल गर्दै नेम्वाङले १५ चैतपछि संविधानसभा बैठक सुरु गर्ने जानकारी गराएका हुन् ।
एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने, ‘‘संविधानसभा बैठक अनिश्चितकाललाई स्थगित गर्नुको औचित्य पुष्टि हुने गरी वार्ता नभएको सभाध्यक्षले असन्तुष्टि व्यक्त गरेका थिए ।’’
तर, सचेतकहरुले वार्ता सकारात्मक र विषय केन्द्रीत भएपनि निष्कर्षमा पुग्न नसकेको बताएपछि सभाध्यक्षले थप समय दिएका थिए ।
२९ माघदेखि अनिश्चितकाललाई बैठक स्थगित गराएका सभाध्यक्षले ५ चैतमा दलहरुका शीर्ष नेताहरुसँग छलफल गरेर ११ माघसम्मलाई सहमति गर्न समय दिएका थिए ।
