समाचारबिहीबार, चैत्र १२, २०७१

सप्तरीमा भीषण आगलागीः एकको मृत्यु, ७५ घर जलेर नष्ट

हिमालखबर

-श्रवणकुमार देव, राजविराज

सप्तरीको कञ्चनरुप नगरपालिकामा आगलागी हुँदा  ७५ घर जलेर नष्ट भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

१२ चैत मध्यान्हमा भएको आगलागीमा ३२ परिवारका ७५ घर जलेको इलाका प्रहरी कञ्चनपुरले जनाएको छ ।

आगलागीमा परी स्थानीय ५५ बर्षीय चलितर सरदारको मृत्यु भएको हाे । खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय ललकु सरदारको परालको थुप्रोबाट सल्केको आगोले पुरै वस्ती जलेको हो ।

राजविराज, इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>