समाचारशुक्रबार, चैत्र १३, २०७१
एसएलसी परीक्षा सकियाे
विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने प्रवेशिका परीक्षा आज सकिएकाे छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको सो परीक्षा ५ चैतबाट सुरु भएको थियो । परीक्षाका लागि कुल पाँच लाख ७४ हजार ६८५ जनाले फाराम भरेका थिए ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाको अन्तिम दिन सप्तरीमा २४ परीक्षार्थी निष्काशित गरिएको जानकारी दिए यस वर्षको परीक्षामा पनि तराईका जिल्लामा अनियमितता गर्ने कार्यमा न्यूनता नआएको उनले बताए ।
