समाचारशुक्रबार, चैत्र १३, २०७१
एमाअाेवादी नेताले भने, ‘प्रक्रिया किन नबढाएकाे ?’
एमाअाेवादीका नेता बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियामा सत्तारुढ दलको जबर्जस्तीले काम नगर्ने बताएका छन् ।
उनले संविधान निर्माण प्रक्रिया सहमतिका आधारमा नै अगाडि बढ्नुपर्ने र त्यसो हुन नसके आफूहरुसँग आन्दोलन गर्नाको विकल्प नहुने बताए ।
“संविधानका अरु विवादित विषयमा सहमति भए पनि राज्य पुनःसंरचनाका विषयमा सहमति गर्ने सोच र चिन्तन सत्तारुढ दलमा देखिएको छैन, अनौपचारिक वार्ताले औपचारिक वार्तामा बस्नेसम्मको वातावरण तयार भएको छ, तर अहिल्यै सहमति भइहाल्छ भन्ने देखिएको छैन”, भट्टराईले भने ।
संविधान लेखन प्रक्रिया नियमित संसद्जस्तो बहुमत र अल्पमतको खेल नभएको बताउँदै उनले मुलुक र जनताप्रति गम्भीर भएर सोच्न र मुलुकलाई राजनीतिक समाधान दिन उहाँले सत्तारुढ दललाई आग्रह गरे ।
“सत्तारुढ दलले त प्रक्रियाका आधारमा संविधान जारी गर्छौं भनिरहेका छन् नि, के गर्नुहुन्छ तपार्इंहरु” भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री भट्टराईले भने, “प्रक्रियाबाट हुने भए उहाँहरुले किन प्रक्रिया अगाडि नबढाएको त ? प्रक्रिया अगाडि बढाएको भए त को–कता भन्ने प्रस्ट भइहाल्थ्यो नि ?”
