समाचारशुक्रबार, चैत्र १३, २०७१
गोविन्द केसीको अनशन तोडाउन औपचारिक पहल सुरु
मन्त्रिपरिषदको बैठकले डा. गोविन्द केसीको अनशन तोडाउन औपचारिक पहल थाल्ने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्यमन्त्री खगराज अधिकारी, शिक्षामन्त्री चित्रलेखा यादव र मूख्यसचिव लीलामणि पौडेललाई जिम्मेवारी दिएको छ । उनीहरुले मागबारे भेटेर छलफल गर्दै अनशन तोड्ने बातावरण तय गर्नेछन् ।
त्रिविले दिन लागेको सम्बन्धन रोक्न डा. केसी अनसनमा छन् ।
