समाचारशनिबार, चैत्र १४, २०७१

एसिड आक्रमणमा परेका गोपाल एमाओवादीसँग आँखा माग्दै

हिमालखबर

gopalमाओवादी कार्यकर्ताद्वारा तेजाव छर्केर दुवै आँखाको ज्योति गुमाउन विवस रुकुम खोलागाउँ–९ का गोपालप्रसाद शर्मा अझै अस्पताल धाउन विवस छन् ।

श्रीमती विष्णुको सहारामा आँखाको उपचारार्थ कहिले काठमाडौं त कहिले नेपालगन्ज र रुकुम गर्दैमा दिन बिताइरहेका शर्मालाई २०५५ सालमा फरक आस्था राखेको भन्दै माओवादीले ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए ।
माओवादीले उनका दुवै आँखामा तेजाव छर्कंदा आँखाका ज्योति गुमेको श्रीमती विष्णुले बताउनुभयो ।

घरमा रहेका नाबालक छोराछोरीको हेरचाह गर्ने उमेरमा पतिको हेरचाह गर्नुपर्ने अवस्था आएको गहभरी आँसु झार्दै विष्णुले भनिन् । माओवादीले आँखामा तेजाब (एसीड) हालिदिएका ५४ वर्षीय गोपालप्रसाद पूर्णरुपमा आँखा देख्दैनन् ।

विसं २०५५ पुस महिनाको एक साँझ खाना खाएर सुत्ने तयारी गरिरहेका शर्मालाई बास पाइन्छ की भन्दै पाहुना बनेर आएका माओवादी कार्यकर्ताले आँखामा तेजाव र मट्टितेल छर्केर आगो लगाएको विष्णुले बताइन् ।

शर्मा भागेर बाँच्न त सफल भए । त्यतिले पनि नपुगेर माओवादी कार्यकर्ताले उनको परिवारलाई गाउँ निकाला गरी कब्जा गरेको घर जग्गासमेत अहिलेसम्म पनि फिर्ता नगरेको विष्णुले सुनाइन् ।

नेपाली काँग्रेसका तर्फबाट गाविस अध्यक्ष बनेका शर्मा अहिले नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छन् ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला प्राप्त उपचार खर्चबाहेक राज्यबाट अन्य कुनै सहयोग नपाएको उनको दुखेसो छ ।

शर्मा भन्छन्, “विगतमा त जे भयो भयो अब सबैले उचित राहत, न्याय र परिपूरण पाउनु पर्छ ।”

घाइते पतिको बैशाखी बनेर हिँड्न विवस विष्णुलाई पतिको उपचार र घरजग्गा फिर्ताको सम्बन्धमा जिल्ला स्थित राजनीतिक दल र सरोकारवालाले समेत सहयोग गरेका छैनन् ।

तेह्र वर्षसम्म उपचारको खोजीमा भौतारिँदा पनि उपचार नपाएकामा भने शर्मा निकै खिन्न छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>