समाचारशनिबार, चैत्र १४, २०७१

क्लार्कले फाइनलपछि सन्यास लिंदै

हिमालखबर

michael_clarkअष्ट्रेलिया क्रिकेट टोलीका कप्तान माइकल क्लार्कले विश्वकप क्रिकेटको फाइनलका लागि न्युजिल्याण्डसँगको खेलपछि वानडे क्रिकेटबाट सन्यास लिने भएका छन् ।

“सीमित ओभरका खेलबाट सन्यास लिनका लागि यही उपयुक्त समय हो, यसबाट नयाँ कप्तानले टिमलाई नेतृत्व गर्ने पर्याप्त समय पाउनेछन्,” क्लार्कले भने ।

३४ वर्षीय क्लार्कले अष्ट्रेलियाका तर्फबाट अहिलेसम्म २४४ वटा वानडेमा ८ शतक र ५७ अर्धशतकको मद्दतमा ४४.४२ को औषतले ७९०७ रन बनाएका छन् । उने टेष्ट क्रिकेट भने खेलिरहने बताएका छन् ।

वानडे क्रिकेटमा आफ्नो स्थान बनाइरहनका लागि दबाब अनुभव गरिरहेका क्लार्कले फाइनल म्याच हुनअघि पत्रकार सम्मेलनको आयोजना गरी वानडे बाट सन्यासको घोषणा गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले भने, “म अष्ट्रेलियाका तर्फबाट आफ्नो अन्तिम वानडे म्याच भोली खेल्दैछु ।” उनले न्युजिल्याण्डसँगको खेल आफ्नो २४५ औं वानडे इन्टरनेशनल हुने पनि बताए ।

क्लार्कको नेतृत्वमा टिम अष्ट्रेलियाले ७३ खेल खेलेको छ जसमध्ये ४९ मा जीत हासिल गरेको छ । क्लार्कले खेलेका १०८ टेस्टमा अहिलेसम्म २८ शतक र २७ अर्धशतकका मद्दतले ५०.७९ को औषतका साथ ८४३२ रन बनाएका छन् ।

उनले आफ्ना सम्भावित उत्तराधिकारी स्टेभेन स्मिथको टिमको नेतृत्वका लागि तयारी गर्न पर्याप्त समय मिल्ने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>