समाचारआइतबार, चैत्र १५, २०७१
‘साहले अध्यक्ष दाहाललाई मार्ने याेजना बनाए’
एमाओवादीका दुई केन्द्रीय सदस्य तथा सभासद्हरुले पार्टीका पोलिटब्युरो सदस्य तथा सभासद् प्रभु साहमाथि अध्यक्ष पुष्पकमल दाहालकाे हत्या गर्ने योजना बुनेको गम्भीर आरोप लगाएका छन् ।
एमाओवादीका केन्द्रीय सदस्य र सभासद्हरु अशोक जयसवाल र सत्यनारायण भगतले दाहाल हत्याको योजना बनाउने साहलाई बाबुराम भट्टराईले संरक्षण गरेको जिकिर गरेका छन् ।
साहले हत्या योजना बनाएको थाहा पाएपछि दाहालले आफू असुरक्षित रहेको भनाइ सार्वजनिक गरेको उनीहरुले बताए ।
साह भट्टराई पक्षधर हुने भने जयसवाल र भगत अध्यक्ष दाहाल निकट हुन् । साहले भने दाहाललाई मार्ने कुरा कल्पनाभन्दा बाहिर रहेको प्रतिक्रिया बताएका छन् ।
अन्नपूर्ण पाेष्टबाट
