समाचारआइतबार, चैत्र १५, २०७१

विश्वकप क्रिकेटको फाइनल खेल सुरु

हिमालखबर

विश्वकप क्रिकेट २०१५ को च्याम्पियनसीपका लागि अष्ट्रेलिया र न्यूजिल्याण्डबीच फाइनल खेल सुरु भएको छ ।

मेलबर्न क्रिकेट मैदानमा सुरु भएको खेलमा न्युजिल्याण्डले टस जितेपछि ब्याटिङ रोजेको छ । अहिले न्यूजिल्याण्डले ब्याटिङ गरिरहेकाे छ ।

अष्ट्रेलियाले पहिलाे अाेभरकाे पाँचाै बलमा विकेट लिएकाे छ ।

विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक न्यूजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् ।

न्यूजिल्याण्ड पहिलो उपाधि रच्ने पक्षमा छ भने अष्ट्रेलिया पाँचौ उपाधि जित्ने दाउमा छ । यी दुवै टोली एउटै समूहबाट फाइनलमा पुगेका हुन् ।

फाइनल पुग्न न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गर्दै तथा अष्ट्रेलियाले डिफेन्डिङ भारतलाई ९५ रनले पराजित गरेका थिए । यसअघि समूह चरणमा न्यूजिल्याण्डले अष्ट्रेलियालाई एक विकेटले पराजित गरेका थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>