समाचारआइतबार, चैत्र १५, २०७१

सरकारी टोली र डा.केसीबीच वार्ता

हिमालखबर

चिकित्सा शिक्षा क्षेत्रमा व्यापारीकरणको अन्त्यलगायतका माग राखी एक सातादेखि आमरण अनशनमा बसिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी र उनकाे सहयोगी समूहसँग सरकारी वार्ता समितिले छलफल गरेको छ ।

सरकारी वार्ता टोलीका सदस्यद्वय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी र मुख्य सचिव लीलामणि पौडेल १५ चैत बिहान अनशनस्थल पुगी केसीका माग र तिनलाई पूरा गराउने उपायका सम्बन्धमा छलफल गरेका हुन् ।

वार्तामा केसीका तर्फबाट सहभागी जीवन क्षेत्रीका अनुसार मागका १० बुँदा र त्यसलाई पूरा गराउने र समस्या समाधान हुने विकल्पका बारेमा एकसरो कुराकानी भएको र आजै साँझ वा भोलिसम्ममा अर्काे वार्ता हुनेछ ।

मन्त्रिपरिषद्को यही १३ चैत बसेको बैठकले स्वास्थ्यमन्त्री अधिकारी, शिक्षामन्त्री चित्रलेखा यादव र मुख्य सचिव पौडेल रहेको वार्ता समिति गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>